
काठमाडौं । सांसद रामनारायण विडारीले विदेशी बुहारीलाई तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने पक्षमा सरकार नरहेको बताएका छन् ।
मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद विडारीले नेपाली नागरिकले जुनसुकै देशबाट विवाह गर्न सक्ने तर सरिताहरुलाई जस्तै तत्काल अंगीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने पक्षमा सरकार नरहेको प्रष्ट पारेका हुन ।
“संसारभरबाट नेपालका ठिटाहरुले विदेशका ठिटीहरु विवाह गर्न सक्छन, त्यो छुट छ, कसैलाइ रोकतोक छैन । त्यसप्रकारले भारतिय नागरिकहरुलाई मात्र लागु हुने कुरा होएन । संसारमा सार्वभौम राष्ट्रले नागरिकता सम्बन्धी आफ्नै प्रकार निति ल्याउँछ । हाम्रो देश सार्वभौम सत्ता सम्पन्न राष्ट्र होइन कि भन्ने लाग्यो कि कसैलाई ?”, सांसद बिडारीले भने ।
दक्षिण एसियाको कुनै पनि देशमा विवाह गर्ने वित्तिकै निर्शत विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिएर सांसद, मंन्त्री बनाउने ब्यवस्था नभएको उनले उदाहरण दिए ।
“दक्षिण एसियामा कुनै पनि देश छैन त्यस्तो, जहाँ निशर्त ठ्याम्म विहे गर्यो, ठ्याक्क नागरिक भयो । ठ्याक्क सांसद भयो, ट्याक्क मन्त्री भयो । यस्तो काँही पनि छैन्,” सांसद बिडारीले भने ।
सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्र नारायण देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उनले मधेसका सोझासाझा जनतालाई भ्रममा नपार्न र वेइमानी कुरा नगर्न आग्रह समेत गरेका छन् ।
सांसद देवतर्फ संकेत गर्दै चीनको झोलामा नेपाललाई पार्ने कुरा बोल्ने तपाई को हो भन्दै प्रश्न गरे ।
“भारतको सम्बन्ध बिगार्ने चीनको झोलामा पर्ने आदि कुरा संसदमा बोल्ने कुरा हो ? यदि कसैले बोल्यो भने तपाई कुन देशको झोले हो भन्यो के गर्ने ? तपाईले कतापट्टी बोल्नु भयो भने के भन्ने ?, उनले प्रश्न गरे । सरकारले वास्तविक मधेशी जनताको उत्थानका लागि नागरिकता विधेयक ल्याइएको थप स्पष्ट पारे।










