अब टाटा मोटर्सको आकर्षक टिगोर गाडी बजारमा


काठमाडौं । टाटा मोटर्सले नेपाली बजारमा टाटा टिगोर नामले अर्को आकर्षक गाडी ल्याएको छ । टाटाको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आकर्षक प्यासेन्जर टिगोर गाडी ल्याएको हो ।

टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको नपाली बजारमा न्युनतम २७.५५ लाख (१.२ लि. रेभोट्रन) मूल्य पर्नेछ सिप्रदीले जनाएको छ ।

टाटाको टिगोर गाडीमा भएको ब्रेक फ्री कुप रुफलाइन र डियोल चेम्बर प्रोजेक्टर हेडल्याम्प्सले यसको बनावट आकर्षक बनाएको सिप्रदी ट्रेडिंगका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले बताए ।

१.२ लि. रेभोट्रन पेट्रोल पावर भएको यस नयाँ टिगोरमा उत्कृष्ट कार्यक्षमता र कम एनभीएचका लागि इन्जिनलाई थप अनुकुल बनाइएको कम्पनीले जनाएको छ ।

टाटाको नयाँ टिगोर एक्सईओ, एक्सएमओ, एक्सजेडओ र एक्सजेड प्लस गरि जम्मा ४ वटा मोडलमा बजारमा उपलब्ध रहेको सिप्रदी ट्रेडिंगका प्रमुख श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार