
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ। शनिबार वालुवाटारमा बिहान ११ बजेपछि बसेको बैठकमा नेपालको सीमा र अतिक्रमित भूमी फिर्ताबारे नेताहरुले बैठकमा आ आफ्नो धारणा राखेपछि बैठक अर्को बैठक असार १६ गते बस्नेगरी सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिए ।
आजको बैठकमा २१ जना स्थायी कमिटी सदस्यले सीमाबारे आफे धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। असार १६ गते बस्ने अर्को बैठकमा सीमाबारे बाँकी छलफल र कोरोनालगायत एजेन्डामाथि छलफल हुने उनले बताए ।आजको बैठकमा प्रधानमन्त्री ओली केहिबेर सहभागी भएर बाहिरीएका थिए ।
स्थायी समिति बैठक बुधबारदेखि सुरु भएको थियो । बैठकमा नेताहरुले सरकारको कार्यशैलीसंगै विभिन्न भ्रष्टाचारकाण्ड र कोरोनामा राम्रोसंग काम गर्न नसकेको भन्दै पार्टी भित्रैबाट प्रधानमन्त्री ओलीको चर्को आलोचना हुँदै आएको छ ।











