
काठमाठौ । कतारमा जारि विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिन फाइनलमा प्रवेश गरेको छ । बुधबार नेपाली समयनुसार पौने तीनबजे कतारको लुसाइल रंगशालामा सम्पन्न सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे ।खेलको दोस्रो हापमा क्रोएसियाले गोल फर्काउने प्रयास गरेपनि सफल भएन् ।












