मङ्सिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने

विराटनगर । देश नं १ का मुख्यमन्त्री शेरधन राईले यही मङ्सिर महिनाभित्रै प्रदेश सरकार विस्तार हुने बताएका छन ।
धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भएको हुनाले मन्त्रालय विभाजन गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको मुख्यमन्त्री राईले जानकारी दिए ।

विराटनगर विमानस्थलमा सोमबार साँझ पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री राईले भने, प्रदेश सरकारमा कामको चाप धेरै भयो, धेरै विभागसँगै राखेर मन्त्रालय चलाउन अप्ठ्यारो भइरहेको छ त्यसैले अर्को महिनामा मन्त्रिपरिषद् विस्तार हुन्छ ।

प्रदेशको नाम अहिलेसम्म टुँगो किन नलागेको भन्ने पत्रकारहरुको प्रश्नमा मुख्यमन्त्री राईले भने, प्रदेशको नामाङ्कन र स्थायी राजधानीको विषय माथिल्लो तहमा टुङ्गो लागिसकेको छ, अब आगामी हिउँदे अधिवेशनमा टुङ्गो लगाउँछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार