
काठमाडौँ । नेकपा स्थायी समितिको अर्को बैठक पर्सी शनवार बस्नेगरी सकिएको छ । बिहीबार दिउँसो १२ बजेपछि बसेको बैठक प्रधानमन्त्री केपी ओली नआएपछि केहि घण्टा स्थगित भएर फेरी सुचारु भएको थियो । बैठक स्थगित भएको समयमा अध्यक्ष प्रचण्ड शीतलनिवास पुगेर फर्केपछि बैठक फेरी सुचारु भएको थियो ।
भोली प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम लगाएका नेताहरु बसेर छलफल गर्ने र पर्सी स्थायी समिति बैठक डाक्नेगरी आजको बैठक सकिएको बताइएको छ ।










