
तम्घास । गुल्मीमा पहिरोमा परेर दुई जना वेपत्ता भएका छन् । जिल्लाको इश्मा गाउँपालिका १ मल्दी ढाँटफाँट भन्ने स्थानमा गएको पहिरोमा परेर दुई जना वेपत्ता भएका हुन् । त्यस्तै दुई जनाको भने उद्धार गरिएको छ ।
गएरातिदेखि परेको पानीका कारण पहिरो जाँदा एक महिला र एक पुरुष वेपत्ता भएका छन् । उक्त ठाउँका १५ देखि २० घर समेत जोखिममा परेका छन् ।
सदमुका तम्घासबाट तीन घण्टाको पदैलमा पर्ने उक्त क्षेत्रमा वेपत्ताको उद्धारका लागि सदरमुकामबाट नेपाली सेना र सशस्त्रको टोली बोलाइएको स्थानीय पालिकाले बताएको छ ।









