केपी शर्मा ओलीलाई हटाउन पाइदैन भन्दै पोखरामा पनि प्रदर्शन


कास्की । पार्टी भित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि देशका केही ठाउँमा उनका समर्थकले प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौं, झापा लगाएतका ठाउँमा पदर्शन गरेका समर्थकले शुक्रबार बिहान पोखरामा पनि प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउन पाइँदैन भन्दै पोखराको मानअधिकार चोकमा सडकजाम गरेर उनका समर्थक आन्दोलनमा उत्रिएका छन् । प्रधानमन्त्री ओलीले केही दिनअघि बोलेको भाषा उनीहरुले पनि बोलेका छन् ।

नेकपामा देखिएको विवादमा भारतले ओली सरकार ढाल्न लागेको आन्दोलनकारीले आरोप लगाएका छन् । आन्दोलनमा युवा र विद्यार्थी संगठनका कार्यकर्ता लगाएत करिब ५० जनाको सहभागि रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार