बालुवाटारमा ओली र प्रचण्डबीच तीनघण्टा लामो छलफल, के भयो सहमति ?


काठमाडौं । प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा तीनघण्टा छलफल भएको छ । पछिल्लो केहीदिन यता नेकपा भित्र देखिएको विवाद मिलाउने प्रयास स्वरुप छलफल भएको हो ।

छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत साक्षीका रुपमा बसेका थिए । उनीहरुबीच करिब तीनघण्टा लामो वार्ता सकारात्मक दिशामा अघि बढेको बताइएको छ । पार्टी भित्रको किचलोलाई अन्तिम रुप दिई ठोस निष्कर्ष भोलीको छलफलमा निकालिने छ ।

बाहिर पार्टी फुटको हल्ला चलिरहेका बेला उनीहरुबीच  शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी भएको स्रोतले बताएको छ ।

आजको छलफल सकारात्मक भएको र भोली पार्टीको स्थायी समितिको बैठक अघि एकपटक दुबै अध्यक्षबीच छलफल हुने सहमति भएको छ ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको असन्तुष्टिका कारण पार्टी नै फुटको संघारमा पुुगेको भन्दै नेताहरुबाट गम्भीर चिन्ता र चासो प्रकट भएपछि पार्टी एकतालाई जोगाउन ओली र प्रचण्डबीच छलफल भएको हो ।  नेकपामा गत वैशाखमा सरकारले दुई अध्यादेश ल्याएपछि विवाद बढेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार