
काठमाडौं । आज बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ । असार २२ गते बस्ने गरी बैठक स्थगित भएको हो ।
पार्टीमा बढ्दै गएको विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले थप छलफलका लागि समय मागेपछि बैठक स्थगित भएको नेकपाले जनाएको छ ।
यसअघि पनि शनिबार नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच विवाद समाधान गर्ने विषयमा छलफल भएको थियो ।शनिबारको बैठक सहमति नजिक पुगेको बताइको थियो । तर, प्रधानमन्त्री ओलीले भने गम्भिर छलफल गर्ने भन्दै समय मागेका छन् ।
प्रधानमन्त्री ओलीले गत आइतबार दिएको विवादास्पद अभिव्यक्तिका कारण नेकपाभित्र विवाद उग्र बनेको छ ।










