प्रधानमन्त्रीको अभिब्यक्तिबारे कुरा गर्न अध्यक्ष प्रचण्डसहित नेताहरु शीतल निवासमा


काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसहित चार जना नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिलाई महाभियोग लगाएर हटाउन लागिएको भनेको २४ घण्टा नबित्दै प्रचण्डसहितका नेताहरु शीतल निवास भएका हुन ।

ओलीले हिजो साँझ राष्ट्रपतिसंगको भेटवार्तापछि बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुलाई बोलाएर राष्ट्रपतिलाइृ महाअभियोग र आफुलाई दुबै पदबाट हटाउने तयारी भएको बताएका थिए ।

उनको यहि अभिव्यक्तिबारे छलफल गर्न आइतबार बिहान अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ शीतल निवास पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिप्रति हिजै प्रवक्ता श्रेष्ठले आपत्ति जनाउँदै आफ्नो स्वार्थका लागि राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार