
काठमाडौँ । प्रधानमन्त्री अध्यक्ष केपी ओली र नेपकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता विना निष्कर्ष सकिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुबै दुबै अध्यक्षबीच कुनै सहमति नभएपछि भोली फेरी बस्नेगरी आजका लागि छलफल सकिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
दुवै नेताबीच पार्टीका विवादित विषयमा छलफल भएपनि कुनै निर्णयमा पुग्न नसकिएको वार्तामा सहभागी नेकपा नेता जनार्दन शर्माले बताए ।
आफू निकट दुई दुई जना नेताहरु सांक्षी राखेर ओली र प्रचण्डबीच भएको वार्ता कुनै सहमती नभएपछि भोलीका लागि बोलाइएको स्थायी कमिटी बैठक बस्नुअघि एकपल्ट फेरी दुवै अध्यक्ष वार्तामा बस्ने सहमती भएको शर्माले बताए ।
छलफलमा दुवै अध्यक्षबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भन्ने ओलीको आरोपबारे पनि छलफल भएको बताइएको ।
पार्टी भित्रको मतभेदबारे राष्ट्रपतिलाई मुछ्न नहुने भन्दै प्रचण्डले ओलीलाई सुझाव दिएका थिए । त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको सहभागी नेताहरूको भनाई छ।
छलफलमा ओली पक्षबाट सांक्षीका रुपमा महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए भने प्रचण्डका तर्फबाट उर्जामन्त्री वर्षमान पुन र जनार्दश शर्मा सहभागी थिए ।










