खेलकुद मन्त्रालयद्वारा १० सञ्चारकर्मी सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले १० जना सञ्चारकर्मीलाई खेलकुद पत्रकारिता तथा युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा युवातर्फ ६ जना पत्रकार तथा खेलकुदतर्फ ४ जनालाई सम्मान गरिएको हो ।

खेलकुद पत्रकारिता पुरस्कार, २०७६ बाट सम्मानित हुनेमा कान्तिपुर दैनिकका ध्रुब तुलाधर, अन्नपूर्ण पोष्टका रोशन राउत, पोखराका खेल पत्रकार केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की छन् ।

यस्तै युवा पत्रकारिता पुरस्कार, २०७६ बाट विभिन्न सञ्चारमाध्यममा कार्यरत खगेन्द्र अधिकारी, निरक न्यौपाने, गीता चिमोरिया, गङ्गा खड्का, रत्नकुमारी चौधरी र सुस्मा बरालीलाई पुरस्कृत गरिएको छ ।

पुरस्कारको राशि जनही रु ५० हजार रहेको छ । सम्मानित सबैलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र सचिव रामप्रसाद थपलियाले प्रशंसा पत्रसहित पुरस्कृत गरेका थिए । सञ्चारमाध्यमबाट नेपाली खेलकुद क्षेत्रमा पु¥याएको योगदानस्वरुप उनीहरुलाई सम्मानित गरिएको मन्त्री विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार