सरकारसँग १२ बुँदे सहमतिपछि, ईशान ई र बमले तोडे अनशन

काठमाडौँ । १२ दिनदेखि पाटन दरबार स्क्वायरमा अनशनरत ईशान अधिकारी  ई र पुकार बमले मंगलबार बिहान अनशन तोडेका छन् ।  ‘इनफ इज इनफ’ अभियन्ता ई र बमले सरकारसँग १२ बुँदे सहमतिपछि मंगलबार अनशन तोडेका हुन् ।

पीसीआर परीक्षणको दायरा बढाउन तथा कोरोना रोकथाममा प्रभावकारी कदम चाल्नुपर्ने उनीहरुको माग थियो । यही विषयमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’ अभियानका समूहबीच १२ बुदें सहमति भएको छ ।

बिहीबार औपचारिक रूपमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालसमक्ष अभियन्ताहरूले आफ्ना माग पेश गरेका थिए। सोही दिनदेखि स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूबीच पटकपटक वार्ता भएपनि निष्कर्षमा पुग्न सकेको थिएन। सोमबार दुबै पक्षबीच १२ बुँदे सहमति भएपछि उनीहरु अनशन तोड्न तयार भएका हुन् ।

स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दुबै जनालाई ह्याम्स अस्पताल लगिएको थियो। उनीहरूले आफ्नो अनशनलाई अस्पतालबाट नै निरन्तरता दिएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार