सरिता गिरीलाई कारवाही गरेकोमा उपेन्द्र यादवकै छोराको विरोध

काठमाडौँ । सरिता गिरीलाई सांसद र पार्टीबाट हटाएको निर्णयप्रति अध्यक्ष उपेन्द्र यादवकै छोरा अमरेन्द्र यादवले विरोध गरेका छन्
मंगलबार गिरी आवद्ध जनता समाजवादी पार्टी नेपालले उनलाई दुबै पदबाट हटाएपछि अमरेन्द्रले सामाजिक संजालमार्फत विरोध जनाएका हुन ।

समाजवादी पाटीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा नै बसेको बैठकले सांसद गिरीलाई कारवाही गर्ने निर्णय गरेको हो ।
अमरेन्द्र विराटनगरपालिकाका पार्टी अध्यक्ष पनि हुन् । आफ्नै सांसदलाई कारवाही गरेर आफ्नो सांसद संख्या घटाइरहेको भन्दै उनले आपत्ति जनाएका छन् ।

“राष्ट्रवादी बन्ने चक्करमा आफ्नो सांसद घटाउँदै र भूमिकाविहिन फेसबुकियाले ठाउँ पाउने संकेत गर्दै उनले कहिले रेशम चौधरी त कहिले हरिनारायण चौधरी त कहिले सरिता गिरीलाई कारवाही हुने गरेको तर जग्गा घोटलामा मुछिएका तथा ७० करोड घोटाला गरेका गोकुल बास्कोटाहरु कसरी राष्ट्रवादी भएको ?,” उनले प्रश्न गर्दै आफ्नै सांसद गिरीको फरक मत राख्ने अधिकारको जवाफको सट्टा नश्लीय राष्ट्रवादको अगाडि आत्मसर्पण गरेको उल्लेख गरेका छन् ।

नेपालको नयां नक्सा जारी गर्दा गिरीले त्यसलाई गलत भन्दै संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन । त्यसअघि उनले कालापानी, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्ने कुनै प्रमाण नभएको र नक्सा जारी गर्न भारतलाई सोध्नु पर्ने भन्दै विभिन्न संचारमाध्यम र संसदमै अधिब्यक्ति दिएकी थिइन ।

त्यसपछि नागरिकस्तरबाट चर्को आलोचना भएपछि उनलाई पार्टीले त्यसबारे असार ८ गते स्पष्टीकरण सोधेको थियो । उनले दिएको स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि पार्टीले दुबै पद नरहनेगरी कारवाही गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार