
काठमाडौं । मृत्यु भयो भनिएका एक बिरामी चितवन मेडिकिल कजेजमा उपचारपछि घर फर्किएका छन् । भरतपुर महानगरपालिका २२ का १८ वर्षीय आशिष विक उपचारपछि मङ्गलबार घर फर्किएका हुन् ।
यसअघि उपचारका क्रममा उनको मृत्यु भएको भन्दै आफन्तले अस्पताल तोडफोड गरेका थिए । चितवन मेडिकल कलेजमा उनको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि उनलाई समस्या देखिएपछि अस्पतालले भेन्टिलेटरमा राखेर उपचार गरिरहेको थियो । तर, उनको मृत्यु भएको हल्ला भएसँगै उनका आफन्तले अस्पतालको झ्यालमा तोडफोड गरेका थिए । तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
ति युवक मंगलबार निको भएर घर फर्किएका छन् ।












