‘तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?’ कोरिया जान नपाएकाहरुको विरोध प्रदर्शन


काठमाडौं । ईपीएस रोजगार प्रक्रिया पूरा गरेकाले दक्षिण कोरिया जान पाउनु पर्ने भन्दै प्रदर्शन गरिएको छ । रोजगारीका लागि सबै प्रकृया पुर्याएकालाई कोरिया जाने वातावरण बनाइदिनु पर्ने भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

“कि रोजगारी दे, कि कोरिया जान दे, प्रधानमन्त्रीज्यू, म थाकिसकेँ । मेरो सपना कसरी पुरा गरुँ, बाटो देखाइदिनु, तिमीले त कुर्सी बचाउला, हामीले जागिर कसरी बचाउने ?”, जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेर प्रर्दशन गरेका छन् ।

कोरोना र लकडाउनका कारण ईपीएस अन्तर्गत कोरियन भाषा परीक्षा पास गरी रोजगारदाताको छनोटमा परिसकेका चार हजारभन्दा बढी नेपाली श्रमिकहरू कोरिया जान पाएका छैनन् ।  उनीहरुले दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरुलाई जसरी पनि छिटो कोरिया पठाउनुपर्ने माग राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार