फ्रिज भएको रकम भोलिबाट निकासा र भुक्तानी गर्न नपाइने


काठमाठौं । महालेखा नियन्त्रकको कार्यालयले भोलीबाट (बिहीबार) निकासा र भुक्तानी नर्गन सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयललाई निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष ९२०७६/ ७७० मा खर्च नभइ फ्रिज भएको रकम असार मसान्तसम्म राज्यको ढुकुटीमा फिर्ता गर्न कार्यालयले निर्देशन गरेको जनाएको छ । महालेखा नियन्त्रकको कार्यालयको असार २१ गते बसेको बैठकले १३ बुँदे निर्देशन कोष तथा लेखा नियन्त्रकलाई दिएको छ ।

यद्यपि, कार्यालयलाई अति आवशयक काम परी खर्च गर्नुपर्ने अवस्था आएमा कोष तथा लेखा नियन्त्रकको स्विकृति लिएर निकासा दिन सकिने महालेखाले बताएको छ ।

यस्तै सरकारी कार्यालयमा प्रयोग हुने सबै खालको राजस्वको चेक पनि असार मसान्तभित्रै जम्मा गर्ने व्यवस्था मिलाउनुपर्नेछ । असार मसान्तसम्म बजेट खर्च, खाता र २०७७ साउन १ गतेदेखि बजेट खर्च भुक्तानी हुने ब्यवस्था मिलाउन भनिएको छ ।

निर्देशन अनुसार धरौटी तथा कार्य संचालन कोषहरुमा जम्मा हुने गरी जारी भएका चेकहरु आर्थिक वर्ष भित्र नै सम्बन्धित खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ ।

असार मसान्तसम्म बैंकले चेक साटेको तर बैंक स्टेटमेन्टमा उल्लेख नभएको चेक ‘डे क्लोज’मा समावेश गरी बैंकलाई सोधभर्ना व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार