
काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच बुधबारको छलफल पनि निष्कर्षविहीन टुंगिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको करिब दुईघण्टा लामो वार्तामा दुबै अध्यक्षबीच सहमती हुन नसकेको हो । पार्टी भित्रको आन्तरीक विबाद साम्य गर्न केहि दिनदेघिको निरन्तर वार्ताहरु निष्कर्षविहीन हुँदै आएका छन् ।
नेकपाको स्थायी समिति बैठकमा वहुमत सदस्यले ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद दुबैबाट राजीनामा दिन माग गरेका छन् । उक्त मागलाई ओलीले इन्कार गर्दै आएका कारण नेकपामा चर्को विवाद उत्पन्न भएको छ ।
विवाद समाधानका लागि दुबै अध्यक्षबीच भोली पनि भेटवार्ता हुने अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ले जानकारी दिए । आजको बैठकमा सहमती नभएपनि सकारात्मक रुपमा छलफल भएको थियो ।
पार्टी विवाद साम्य गर्न स्थायी समितिको अर्को बैठक असार २६ गते बिहान ११ बजेलाई बोलाइएको छ । यसबीचमा नेकपाको पार्टी भित्रको विबाद चकिएपछि चिनियां राजदुत होउ यान्छीले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालसंग भेटवार्ता गरेको बिषय पनि अहिले चर्चामा छ ।










