सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड


काठमाडौं । सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम गरेको छ । एकैदिन ९ सय रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ रेकर्ड कायम गरेको हो ।

सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर बिहीबार प्रतितोला ९२ हजार ४ सय पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेकाले नेपालमा पनि त्यसको असर देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार