निर्मलाको न्यायका लागि देशैभर प्रदर्शन जारी, न्याय पाइने कहिले ?

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तलाई न्याय माग्दै देशभर प्रर्दशन र शान्तीपुर्ण आन्दोलन जारि छ ।

यसैक्रममा निर्मलाका हत्यारालाई सार्बजनिक गर्नुपर्ने भन्दै कैलालीमा धर्ना सहित पोष्टर टाँसिएको छ ।
बुधबार बिहान ११ बजेदेखि दुई घण्टा जिल्ला प्रशासन कार्यालय कैलालीको गेटामा निर्मलाको तस्बिर अंकित पोष्टर टाँस्दै धर्ना दिइएको नागरिक संघर्ष समिती कैलालीकी भुमी फुलाराले जानकारी दिइन ।

कंचनपुर र कैलालीका अधिकारहरुको संयुक्त पहलमा दवावस्वरुप धर्ना र पोष्टर टाँस्ने कार्य भइरहेको उनले बताइन । अधिकारकर्मी फुलाराका अनुसार भोली (बिहिबार) सुदूरपश्चिमका मृख्यमन्त्रीको कार्यालयमा धर्ना सहित पोष्टर टाँस्ने कार्यक्रम छ ।

काठमाडौं पनि बिधार्थीद्धारा प्रर्दशन


निर्मला पन्तको न्यायको लागि दिनहुं जसो काठमाडौंको माइतीघरमण्डलामा प्रर्दशनहरु भइरहेका छन ।
निर्मलालाई न्याय माग्दै बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

‘वी वान्ट जस्टिस , सरकार भेटियो न्याय भेटिएन’ जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले निर्मलाको न्यायमा सरकार गम्भिर नभएको भन्दै आक्रोस पोखेका थिए । उनिहरुले निर्मलाको हत्यारा तत्काल पक्राउ गरि कारवाही नगरे सरकारबिरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।

हत्यारालाई प्रहरी प्रशासन र सरकारले नै संरक्षण गरेको भन्दै नागरिकस्तरबाट चौतर्फी आलोचना भइरहदा प्रहरीले भने अनुसन्धान जारि रहेको बताउदै आएको छ ।

साथीको घरमा होमवर्क गर्न गएकी निर्मलाको साउन ११ गते उखुबारीमा बलात्कारपछि हत्या गरेको अवस्थामा शव भेटिएको थियो । हत्या भएको चार महिना पुग्दा समेत अझै पीडितले न्याय पाएका छैनन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार