
काठमाडौं । सुनको अक्षरले लेखिएको बौद्ध धर्मको धार्मिक ग्रन्थ बेच्न खोज्नेलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनको अक्षरले लेखिएका १६ पाना पाना बिक्री गर्न खोजेको आरोपमा ६ जना पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा खोटाङका गेहेन्द्रसिंह आत्रय, काभ्रेका जनक गिरी, ओखलढुंगाका सुवासकुमार बस्नेत, हरिबहादुर लामिछाने, काठमाडौंका राजेन्द्रबहादुर जोशी र नुवाकोटका रोशन तामाङ रहेको काठमाडौं प्रहरीका डीएसपी राजकुमार केसीले जानमारी दिए ।
चन्द्रागिरी नगरपालिकास्थित ढुंगेअड्डामा बुद्ध धर्मग्रन्थको बिक्री हुँदै गरेको सूचना पाएको गएको प्रहरकिो टोलीले उनीहरुलाई पक्राउ गरेको डीएसपी केसीले बताए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










