कंचनपुर । कंचनपुरकी निर्मला पन्तको न्यायका लागि निरन्तर कंचनपुरवासी न्यायिक शान्तीपुर्ण आन्दोलनमा छन । त्यसै क्रममा बुधबार न्याय हराएको भन्दै कंचनपुरमा दिउसै लालटिन र टर्च बालेर अधिकारकर्मीहरुले बिरोध गरेका छन ।
ब्यङग्यात्मकशैलीमा निर्मलाको न्याय हराएको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा लालटिन र टर्च बालेर धर्नासहित प्रर्दशन गरेको अधिकारकर्मी शारदा चन्दले जानकारी दिइन ।
दिउँसो पीडित, स्थानिय र अधिकारकर्मीहरु हात हातमा टर्च लाईट र लालटिन बोकेर न्याय खोज्ने भन्दै भिमदत्तनगर बजारमा निस्केका थिए । उनिहरुले बजार परिक्रमागरि जिल्ला प्रहरी कार्यालयको गेटमा गई न्याय कहिँ नभेटिएको र हराएको न्याय खोजिदिन प्रहरीलाई गुहारेका थिए ।
निर्मलाको हत्यारा पक्राउ गर्नुपर्ने माग गर्दै पीडित र अधिकारकर्मी गत कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कंचनपुरको गेटमा धर्ना दिइरहेका छन ।
धर्नामै बसिरहेका बेला निर्मला बुवा यज्ञराज बिरामी भएपछि उनको अहिले शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा उपचार भइरहेको छ ।
गत साउन ११ गते निर्मलाको बलात्कारीपछि हत्या गरेको अवस्थामा उखुबारीमा शव भेटिएको थियो ।
निर्मला साउन १० गते घरबाट साथीको घरमा होमवर्क गर्न गएकी थिईन ।