
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक बसेको छ । विहान १० बजेदेखि सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित नेताहरुको सहभागिता रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेताहरुलाई पनि बैठकमा बोलाएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । बैठकमा विपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी छन् ।
केहि दिनदेखि परेको लगातारको वर्षापछि आएको बाढीपहिरोले देशका धेरै ठाउँको जनजिवन प्रभावित पारेको छ । वर्षापछि आएको बाढीपहिरोले सिन्धुपाल्चोक, म्याग्दी, लमजुङ, कास्की, तनहुँ, पश्चिम नवलपरासी, गुल्मी, जाजरकोट, रुकुमपश्चिम र कालीकोट ठूलो जनधनको क्षति पुर्याएपछि प्रधानमन्त्री ओेली विपद् व्यवस्थापनको बैठक बोलाएका हुन् ।










