मूल्यवृद्धिको विरोधमा टाउकोमा कालोपट्टी बाधेरे नेविसंको प्रदर्शन

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । नेविसंघले आइतबार टाउकोमा कालोपट्टी बाधेरे मूल्यवृद्धि खारेज गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ विरोध प्रदर्शन गरेको हो । उनीहरुले सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं लगाएतका नारा लगाउदै प्रदर्शन गरेका थिए ।

निगमले असार २६ गते सूचना निकाले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा पनि प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको थियो। काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार