दाङमा देखियो सलहको नयाँ झुण्ड, ठूलो संख्यामा देखिएकाले किसान चिन्तित

दाङ । कुर्षी मन्त्रालयले सलहको नयाँ झुण्ड नेपालमा फेरि आउनसक्ने अनुमान गरिरहंदा दाङमा भने भित्रिसकेको छ । आइबार दाङको राप्ती गाउँपालिकाका केही वडामा सलहको नयाँ झुण्ड देखिएको छ ।

राजमार्गसँगै जाडिएको अन्न भण्डार मानिने देउखुरी उपत्यकामा पुनः ठुलो संख्याको सलह किरा प्रवेश गरेको छ । राप्ती गाउँपालिका २, ३ र ४ मा सलह किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।

केही समय अघि पनि त्यहाँ  सलहले  मकैबालिमा क्षति पुर्याएको थियो । लाखौको  संख्यामा सलह किरा आकाशमा देखेपछि त्यहाँका किसानले आफ्नो बारीमा गएर थाल ठटाएका छन् ।

थाल ठटाउदै गर्दा पनि कतिपय किसानको भने मकैबालि खाएर सखाब पारेको स्थानीयले बताएका छन् । यसअघिको सलह भन्दा यो पटक आएको सलहको संख्या धेरै रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार