बाढी र पहिरोका कारण ८५ को मृत्यु, ४६ बेपत्ता, करोडौंको धनमाल नष्ट


काठमाडौं । बाढी पहिरोका कारण यस बर्षमा अहिलेसम्म ८५ जनाले ज्यान गुमाइसकेका छन् भने ४६ जना बेपत्ता छन् ।

सोमबार प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रालयद्धारा दिइएको जानकारी अनुसार १३४ घर पुर्णरुपमा क्षती भई करोडौंको क्षती भएको छ ।

बाढी पहिरोबाट हालसम्म सिन्धुपाल्चोक, गुल्मी, बझाङ, पर्वत, पाल्पा, रुकुम, कास्की, जाजरकोट, दोलखा, सर्लाही, तनहुँ र सखुवासभा जिल्लाहरुमा ठुलो जनधन को क्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

महाभूकम्पमा अतिप्रभावित भएका सिन्धुपाल्चोक, गोरखा र रसुवालगायतका जिल्लामा नै बाढी पहिरोको अति जोखिम रहेको सचिव न्यौपाने बताए ।
हालसम्मको अवस्था विश्लेषणबाट प्रदेश नं २ का जिल्लामध्ये रौतहट बढी प्रभावित भएको उनको भनाई छ ।

बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको सचिव न्यौपानेले जानकारी दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ८० करोड रकम मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार