प्रधानमन्त्री ओलीको नयाँ खुलासा, भगवान रामको घर अयोध्या नभई वीरगञ्ज


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मबारे नयाँ खुलासा गरेका छन् । उनले रामको जन्म भएको स्थान अयोध्या नेपालकै वीरगञ्जमा पर्ने ठोरी भएको खुलासा गरेका हुन् ।

सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । ‘हामी अहिले पनि ठानिरहेका छौ‌ं, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौं । भारतका होइन, ‘अयोध्या रामलाई दिएका हौं हामीले । ‘ अयोध्या भनेको वीरगञ्ज भन्दा पश्चिमपट्टीको गाउँ हो उनले भने ।’

उनले रामको जन्म भएको भनिएको अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीको भएको बताएका छन् । प्रधानमन्त्री ओलीले दशरथका सन्तान राम र उनको जन्म भएको ठाउँ भारतको हुँदै नभएको दाबी गरे ।

कार्यक्रममा उनले राम सीतासँग विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न समेत गरेका छन् । यसका साथै उनले लक्षमणले सीतालाई अपहरण नगरेको पनि दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार