कोरोनाविरुद्धको भ्याक्सिन एक महिनाभित्रै आउन सक्ने

एजेन्सी । विश्व महामारीका रुपमा रहेको कोरोना भाइरसको खोप बनाउने विश्वका होडवाजी चलिरहेको छ । विश्वका शक्तिशाली मानिने राष्ट्रहरु कोरोनाविरुद्धको भ्याक्सिन बनाउने दौडमा छन् ।

तर, रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन आफुले एक महिनाभित्रै ल्याउन सक्ने बताएका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकसित कोभिड–१९ भ्याक्सिनको क्लिनिकल ट्रायल सफलतापूर्वक सम्पन्न भएको दाबी गरेको थियो ।

अब यसलाई एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने वैज्ञानिकहरुले आशा व्यक्त गरेका छन् । गामालाई सेन्टरका निर्देशक अलेजेन्दर गिन्टस्वर्गले अगष्ट १२ देखि १४ सम्ममा यो भ्याक्सिन सर्वसाधारणमा वितरण हुन थाल्ने र निजी कम्पनीहरुले सेप्टेम्बरदेखि ठूलो परिमाणमा उत्पादन सुरु गर्नसक्ने विश्वास व्यक्त गरेका छन् ।

अन्तराष्ट्रिय संचारमाध्यमहरुमा जनाइएअनुसार भ्याक्सिनको क्लिनिकल परीक्षण पूरा भएको र अध्ययनको नतिजा प्रभावकारी देखिएको छ । विश्व स्वास्थ संगठन ९डब्ल्युएचओ० को प्रोटोकलअनुसार ठूलो परिमाणमा उत्पादनका लागि स्वीकृति पाउनुअघि भ्याक्सिनले तीन चरणको क्लिनिकल ट्रायल पूरा गर्नु पर्ने हुन्छ । डब्ल्युएचओको सूचीमा रुसी भ्याक्सिनको अध्ययन पहिलो चरणका रुपमा सूचीकृत छ ।

र, अहिलेसम्म कुनै पनि देशले बनाएको भ्याक्सिनले तेस्रो चरणको परीक्षण सफल नगरेका कारण ठूलो परिमाणमा प्रयोगका लागि स्वीकृति पाएका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार