काठमााडौं । नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको पोरहवा नगरपालीकाका ३६ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उनको आज दिउँसो २ः ३० बजे नारायणी अस्पताल बिरगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।
असार २९ गते रुघाखोकी,ज्वरो र स्वाशप्रस्वासमा समस्या आएपछि बिरगंज अस्पताल भर्ना भएका उनीमा आजै कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्य जटिल भएपछि बिहान भेन्टीलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको प्रवक्ता गौतमले बताए । योसंगै नेपालमा कोरोनाबाट मृत्यृ हुनेको संख्या३९ पुगेको छ ।