आज पनि ओलीको राजीनामा मागेपछि बैठक बिना निष्कर्ष टुंगियो, भोलीको स्थायी समिति बैठक के हुने ?


काठमाडौं । सत्तारुढ नेकपाका शिर्ष नेताहरुबीच भएको छलफल बिना निष्कर्ष सकिएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, अर्का अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीचको छलफल बिना निष्कर्ष टुंगिएको हो ।

महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी रहेको बैठकमा प्रचण्ड र नेपालले फेरी पनि ओलीलाई दुबै पदबाट राजीनामा दिन भनेपछि सहमती नभएको हो ।

छलफल सकारात्मक भएपनि भोलीलाई डाकिएको स्थायी कमिटी बैठक नरोक्ने नेताहरुबीच निर्णय भएको प्रचण्डको सचिवालले जनाएको छ ।
ओली र प्रचण्डबीचको पटक पटकको वार्ता असफल हुँदै आएपछि प्रचण्डको आग्रहमा आजको छलफलमा नेता नेपाल सहभागी भएका थिए ।
ओलीले सरकार र पार्टी संचालनमा राम्रो काम गर्न नसकेको भन्दै स्थायी समिति बैठकमा बहुमत सदस्यहरुले उनलाई दुबै पदबाट राजीना दिएर मार्ग प्रशस्त गर्न यसअघि नै भनिसकेका छन् । तर, ओलीले इन्कार गर्दै आएका छन् ।  भोली बस्ने स्थायी समिति बैठकमा सहमतीका लागि केहि निर्णय हुन सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार