
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। उनीहरुबीच मंगलबार दिउँसो माधव नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।
एमाले भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला नेपालसँग कुरा गर्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनको निवास कोटेश्वर पुगेका थिए। उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल र कुराकानी भएको बताइएको छ ।
यता एमाले भित्रको विवाद मिलाउन गठित कार्यदलको बैठक पनि सिहंदरबारमा चलिरहेको छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बनेको विपक्षी गठबन्धनमा नेपाल र प्रचण्ड दुबै जना छन्। नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका छन्।











