राष्ट्र बैङ्कले थप्यो ऋण तिर्ने अवधि २ वर्ष


काठमाडौं । कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै बैङ्क क्षेत्रपनि प्रभावित भएको छ । आफूले काम गर्ने ठाउँहरु बन्द हुँदा बैङ्क बाट ऋण लिएका ऋणीहरुलाई समस्या भएको हो ।

कोरोना प्रभावि क्षेत्रका ऋणीहरुको समस्या बुझेर राष्ट्र बैङ्कले ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको छ । आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति सार्वजनिक गर्दै शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिएका छन् ।

त्यस्तै पर्यटकको लागि खोलिएका स्तरीय होटलको हकमा अधिकतम २ वर्ष, अतिप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्नप्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने व्यवस्था मिलाइने गभर्नर अधिकारीले जानकारी दिए ।

यसैगरी, २०७७ असार मसान्तसम्म असल हुन नसकेको लघुवित्त वित्तीय संस्थाबाट प्रवाहित कर्जाको किस्ता ऋणीको आवश्यकता र व्यवसाय सुरु हुन लाग्ने समय मूल्याङ्कन गरी बढीमा ६ महिनासम्म भाका सार्न सक्ने व्यवस्था मिलाइने अधिकारीले बताएका छन् ।

यसैगरी, निर्माणाधीन पूर्वाधार आयोजनामा प्रवाहित कर्जाको ग्रेस अवधिमा ब्याज पुँजीकरण गर्न राष्ट्र बैङ्कबाट पूर्वस्वीकृति पाइसकेको कर्जाको हकमा २०७७ पुस मसान्तसम्म पुँजीकरण गर्न सकिने व्यवस्था मिलाइने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार