नेकपाको सचिवालय बैठकअघि ओली–प्रचण्ड बालुवाटारमा छलफल


काठमाडौँ । सत्तारुढ नेकपाको सचिवालय बैठकअघि अध्यक्षद्वय केपी ओली र प्रचण्ड बालुवाटारमा छलफलमा जुटेका छन् ।  शनिवार दिउँसो ३ बजेपछि डाकिएको बैठकअघि ओली र प्रचण्ड विवादीत बिषयमा सहमतीका लागि छलफलमा जुटेका हुन ।

यसअघि दुबै अध्यक्षले बिहान आफु निकटका नेताहरुसंग छलफल गरेको बताइएको छ । लाई त्यसअघि शनिबार बिहान प्रचण्डसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायाणकाजी श्रेष्ठबीच खुमलटारमा छलफल भएको थियो ।

यता प्रधानमन्त्री ओलीले रक्षामन्त्री समेत रहेका ईश्वर पोखेल, महासचिव विष्णुु पौडेल, विष्णु रिमाललगायतका नेतासँग छलफल गरेका छन् ।
स्थायी समिति बैठकमा बहुमत सदस्यहरुले ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उनलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीना दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिसेका छन् ।

तर, ओलीले इन्कार गरेपछि पार्टीभित्र विवाद चुलिएको छ । आफुलाई केन्द्रिय समिति बैठक बोलाएर हटाउने तयारी भइरहेको थाहा पाएपछि ओली आफ्नो अठडानबाट एक कदम पछि हटेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार