दोलखामा यात्रुबहाक बस दुर्घटना, ३ गम्भीर घाइते

दोलखा । दोलखामा यात्रुवाहक बस दुर्घटना हुँदा ३ जना गम्भिर घाइते भएका छन् । जिल्लाको मेलुङ गाउँपालिका १ पवटीमा यात्रुबहाक बस दुर्घटना भएको हो ।

पवटीको सिम्टेबाट चरिकोटतर्फ आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बस दुर्घटनामा हुँदा ३ यात्रु गम्भीर घाइते भएका हुन । गम्भीर घाइतेहरुको अहिले सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा उपचार भैरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार