इनफ इन इनफमा आवद्ध युवाहरुद्धारा फेरि सत्याग्रह सुरु


काठमाडौं । इनफ इन इनफमा आवद्ध युवाहरुद्धारा फेरि सत्याग्रह सुरु भएको छ । इनफ इन इनफ अभियानमा आवद्ध युवाहरुले शनिबार मध्यहृन १२ बजेबाट बसन्तपुर क्षेत्रमा सत्याग्रह सुरु गरेका हुन् ।

आफुसंग सरकारले गरेको १२बुँदे सहमति कार्यान्वयनको माग गर्दै युवाहरुले फेरि सत्याग्रह सुरु गरेको उनीहरुको भनाई छ । अभियान्ताहरुले कोरोना कहरको मारमा परेका जनताको उचित ब्यवस्था, आरडिटी जाँच रोकेर सबै नागरिकको तत्काल पीसीआर जाँच गर्नुपर्ने माग राख्दै यसअघि पनि दुईजना युवाले १२ दिनसम्म आमरण अनसनमा बसेका थिए ।

त्यसपछि उनीहरुसंग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिममा रहेका सबै नागरिकको पीसीआर विधिबाट परीक्षण गर्नेगरी एक हप्ताभित्र हालको निर्देशिका परिमार्जन गर्ने गरी १२ बुँदे सहमति गरेको थियो ।

अनसनमै बसेर अस्पताल भर्ना भएका युवाहरुलाई भेट्न प्रधानमन्त्री केपी ओली अस्पताल गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार