नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ नेकपाको केन्द्रिय सचिवालय बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा शनिवार दिउँसो ३ः१० बजेदेखि सुरु बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

पार्टीभित्रका विवाद मिलाउन सुरु भएको स्थायी समिति बैठक स्थगित गर्दै नेकपाले आज सचिवालय बैठक डाकेको हो । यसअघि बिहान बालुवाटारमा अध्यक्ष द्वय ओली र प्रचण्डबीच छलफल भएको थियो ।

उत्पन्न विवाद पार्टीको स्थायी समितिबाट पनि हल नहुने अवस्था आएपछि केन्द्रिय समितिको बैठक बोलाउन सचिवालय बैठक डाकिएको बताइन्छ ।

स्थायी समिति बैठकमा बहुमत सदस्यहरुले ओलीलाई दुबै पदबाट राजीना दिन आग्रह गरेका थिए । तर, ओलीले नमानेपछि पार्टी फुटकोस्थितीमा अघि बढ्यो भन्नेबारे नेता तथा कार्यकतामाझ चिन्ता प्रकट भइरहेका थिए ।

तर, पछिल्लो समय दुबै अध्यक्षबीच भएको छलफल सकारात्मक रुपमा अघि बढेको र ओली पनि आफ्नो अडानबाट एक कदम पछि हटेकाले सहमतीको वातावरण बन्न सक्नेमा नेताहरुमा आशा जागेको छ ।

असहमतीका बिषयहरु केन्द्रिय समिति बैठक बोलाएर त्यसमा छलफल गरी समाधान खोज्नेबारे नेताहरुबीच पछिल्लो समय छलफल जारी छ ।
आजको सचिवालय बैठकमा पनि यसबारे नेताहरुबीच छलफल भइरहेको बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार