नेपाली युवाको कपाल मुण्डन गरेको आरोपमा वनारसमा एक जना पक्राउ


काठमाडौं । नेपाली युवाको कपाल मुण्डन गरेको आरोपमा वनारसमा एक जना पक्राउ परेका छन् । एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

भारतीय सञ्चार माध्यमले  वनारसका प्रहरीले एक जना आरोपीलाई पक्राउ गरेको जनाएका छन् । त्यस्तै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानुभक्त जयन्तीको अवसरमा आयोजित कार्यक्रममा अयोध्या भारतमा नभएर नेपालमै भएको र भगवान राम नेपालकै जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर वनारसको एक दक्षिणपन्थी संगठनमा आवद्ध केही व्यक्तिको समूहले एक जना नेपालीको जबरजस्ती कपाल मुण्डन गरेर ‘जय श्री राम’ नारा लगाउन लगाएको थियो।

यो विषयमा चर्को विरोध भएपछि वनारस प्रहरीले अपराधिको खोजी सुरु गरेको थियो । प्रहरीले घटनामा संलग्नलाई कडा कारवाही गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार