
काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकमा नेताहरुबीच सकारात्मक छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिवार साँझ सम्पन्न बैठकमा नेताहरुबीच सहमतीको बिन्दु भेटिएका बताइएको छ ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेपछि उत्पन्न विवादको सहमतीका लागि नयां बिन्दु पाइएको हो ।
पार्टीका अर्का अध्यक्ष प्रचण्डसहितका बहुमत स्थायी समिति सदस्यहरुले ओलीलाई दुबै पदबाट राजीनामा मागिरहेका बेला ओलीले महाधिवेशनको नयाँ प्रस्ताव अघि सारेर विवाद केहि महिनालाई टार्ने उपाय खोजेका छन् ।
ओलीबाट आएको नयां प्रस्ताव सकारात्मक भएपनि विगतका यस्ता कुराहरु कार्यान्वयन नभएकाले लिखित रुपमै प्रस्ताव ल्याउन सचिवालय बैठकमा नेताहरुले आग्रह गरेका छन् ।
सचिवालय बैठक सकिने वित्तिकै अध्यक्ष द्वय ओली र प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेको बताइएको छ ।
बैठकमा पार्टीमा देखिएको संकट समाधानका लागि भइरहेको छलफललाई जारी राख्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।
उनकाअनुसार आइतबार दिउँसो ३ बजे स्थायी कमिटीको बस्नेछ ।










