नेकपा स्थायी समिति बैठक फेरि स्थगित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति  बैठक फेरि स्थगित भएको छ । आइतबार बस्ने तय भएको बैठक साउन ६ गते बस्नेगरी स्थगित भएको हो ।

आइतबारका लागि तय भएको स्थायी समिति बैठक स्थगित भएको नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।

नेकपा भित्रको विवाद नमिल्दा पछिल्लो केही समयदेखि स्थायी समिति बैठक पटक पटक स्थगित हुँदै आइरहेको छ ।

यसअघि पार्टी भित्रको विवाद मिलाउनका लागि हिजो नेकपाको सचिवालय बैठक बसेको थियो । सचिवालय बैठक पनि विना निष्कर्ष  टुंगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार