काठमाडौं । धनगढीका रवि ओडं नेपाल आइडल सिजन -२ को उत्कृष्ट ४ मा पर्न सफल भएका छन । बिहिबार गाला राउन्डमा भएको प्रतिस्पर्धामा उनले दिएको प्रस्तुती मन पराई दर्शकले दिएको भोटका आधारमा रवि उत्कृष्ट ४ मा पर्न सफल भएका हुन ।
नेपालको चर्चित रियालिटी सो नेपाल आइडलको बिहिबारको एपिसोडमा रविले सुरेश अधिकारीको “पृय तिम्रो सम्झना, भविष्यको कल्पना ”, बोलको गीत गाएका थिए ।जुन प्रस्तुतीलाई दर्शकले मन पराई देश विदेशबाट भोट गरेका थिए ।
आफुलाई दिइरहेको साथ, माया र हौसलाका लागि रविले देश विदेशमा रहेका आफ्ना सम्पुर्ण शुभचिन्तक, दर्शकलाई धन्यवाद दिएका छन । साथै, आगामी यात्राका लागि दर्शकको अझै ठुलो साथ र सहयोग चाहिने हुँदा निरन्तर साथ र सहयाग गरिदिन अपिल समेत गरेका छन् ।
प्रतियोगीहरुले बिहिबार दिएको प्रस्तुतीमा दर्शकलाई भोट गर्नका लागि बिहिबार राती ८ः३० देखि शुक्रबार दिउसो १२ बजेसम्म भोटिङ समय दिइएको थियो । यो समय अवधीमा दर्शकहरुले आफुलाई मन परेको प्रतियोगीलाई विभिन्न माध्यमबाट भोट दिएका थिए ।
एपी वान टेलिभिजनबाट प्रसारण हुने चर्चित रियालिटी सो नेपाल आइडलमा बिहिबार राती ५ जनाले प्रस्तुती दिएका थिए ।
नेपाल आइडलको यो राउण्डबाट प्रतियोगीमध्ये अमित बराल बाहिरिएका छन् ।
रविको भोट अरुलाई जाँदा हँगामा
रवि ओडंलाई हालेको भोट अर्कैलाई परेपछि शुक्रबार केहि समय सामाजिक संजालहरुमा हँगामा नै भयो । रविको भोटिङ कोड १० टाइप गरि ३१००९ मा भोट गर्दा ‘अमित बराललाई भोट गर्नु भएकोमा धन्यवाद, ‘ भन्ने रिप्लाई म्यासेज आउन थालेपछि देश विदेशबाट रविका शुभचिन्तक र समर्थकहरु आक्रोशीत भएका थिए ।
भोटमा चलखेलगरि रविलाई प्रतियोगीताबाट आउट गर्न खोजेको भन्दै आयोजकप्रती आक्रोस पोखेका थिए ।
तर, नेपाल आइडल आयोजक एपिवान टिभीले नेपाल टेलिकममा केहिबेर प्रावधिक समस्या आएकाले त्यो हुन गएको भन्दै प्रतियोगीतामा कसैलाई काखा र पाखा नगरिएको प्रष्ट पारेको थियो ।
प्रावधिक समस्याले रवि ओडलाई दिइएको भोट अरुलाई गएको भएपनि त्यो रविकै नाममा गणना हुने र त्यहि अनुसार नतिजा तयार पारिएको आइडल डिरेक्टर सुरेश पौडेलले अनमोलपोस्टलाई जानकारी दिए ।
भोटमा आएको समस्याबारे के भने रविले ?
आफुलाई दिएको भोटमा आएको गडबडीबारे रवि ओडले अन्य केहि कारण नभई प्रावधिक समस्या भएको बताएका छन ।
रविले अनमोलपोस्टलाई प्रतिकृया दिदै भने, “मलाई भोट गर्दा अमित बराल दाईलाई गएछ जुन प्रावधिक कारण रहेछ, मेरो र अमित दाईको बिषयमा केहि गलत कुराहरु बाहिर आएका सुन्यौं, जुन सत्य होइन । अमित दाई र म बीच अस्याध्यै निकट सम्बन्ध छ ।”
यो कुरालाई सामान्य रुपमा लिइ नेपाल आइडल र आफुलाई साथ, माया र सहयोग निरन्तर गरिदिन रविले सबैलाई आग्रह समेत गरे ।
नेपाल आइडलका आर्कषक प्रतियोगी रविले नेपाल आइडल आफ्नो लागि भविष्यको एक महत्वपुर्ण खुटकिलो भएको बताएका छन । संगीतका बिधार्थीहरुका लागि नेपाल आइडल अत्यन्तै महत्वपुर्ण प्लेटफर्म भएको र नेपाल आइडलमा आफु यो स्थानसम्म पुग्नु नै ठुलो सौभाग्य भएको उनको भनाई छ ।
भिडियो हेर्नुहोस,