काठमाडौं उपत्यका लगाएत देशैभरी भारी वर्षा, यी क्षेत्र बढी प्रभाव


काठमाडौं । गएराति देखि काठमाडौं उपत्यका लगाएत देशैभरी भारी वर्षा भइरहेको छ । वर्षाका कारण बाढीपहिरो र डुवान हुने भएकाले प्रभावित क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले साउन ९ गतेसम्मै वर्षाको सम्भावना रहेकाले नागरीकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

विभागका अनुसार गएराति प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा मापन भएको छ ।

मौसम विज्ञान विभागको मौसमपूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

काठमाडौंका विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक रहेकोले सतर्क रहन आग्रह गरिएको छ ।
बारा, पर्सा, रौतहटमा, नवलपरासीवासी पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिमको डडेलधुरा जिल्लाको रंगुन क्षेत्रमा अति भारी वर्षा मापन भएको छ । महाकाली दोभान र आसपासका क्षेत्रमा खतरा हुन सक्छ पनि अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार