काठमाडौं । मिस वर्ल्ड २०१८ को “ग्राण्ड फिनाले” केहिबेरमा सुरु हुंदैछ । चीनको सान्यामा शनिवार नेपाली समयअनुसार सवा ५ बजेबाट ग्राण्ड फिनाले सुरु हुन लागेको हो ।
प्रतियोगिताको फाइनलमा पुगेका मिस नेपाल श्रंखला खतिवडासहित विभिन्न ३० देशका सुन्दरीहरुको भाग्य फैसला हुनेछ ।
मिस वर्ल्ड २०१८ मा १२१ देशका सुन्दरीले सहभागिता जनाएका थिए । जसमध्ये जम्मा ३० वटा देश फाइनलमा पुगेका छन ।
फाइनलमा नेपाल, भारत, बांग्लादेश, जापान, मलेशिया, चिली, फ्रांस, मांरिशस, मेक्सिको, न्यूजीलैंड, सिंगापुर, थाइलैंड, युगांडा, अमेरिका, वेनेजुएला, वियतनाम लगायतका देशहरु सहभागि छन ।
मिस वर्ल्डको मुख्य दावेदारका रुपमा भारत, नेपाल, फ्रान्स, मलेसियाका सुन्दरीहरुलाई लिइएको छ । यद्यपी, अहिलेसम्मको प्रस्तुतीको आधारमा नेपालकी श्रृंखला खतिवडाको पनि मिस वर्ल्डको ताज पहिरने बलियो सम्भावना रहेको औल्याइएको छ ।
यसअघि मिस वर्ल्ड २०१७ को ताज भारतकी मानुसी चिल्लरले पहिरेकी थिइन । यसबर्ष पनि भारतकै सुन्दरीले ताज पहिरने धेरैको बिश्लेषण छ । भारतबाट यसबर्ष तामिलनाडुकी अनुकृति वासले मिस वल्र्डमा भाग लिएकी छन ।
मिस वर्ल्डको फाइनलमा सहभागि हुन गतबर्षकी मिस वर्ल्ड भारतिय सुन्दरी चिल्लर चीनको सान्या पुगिसकेकी छन । चिल्लरले मिस वर्ल्ड २०१८ को ताज यसबर्षकी मिस वल्र्डलाई पहिर्याइ दिनेछिन । गतबर्ष पनि चीनमै आयोजित यो मिस वल्र्ड ६८ औँ संस्करण हो ।
श्रृंखलाको भाग्य फैसला ?
मिसवर्ल्डमा नेपालबाट अहिलेसम्मकै ठुलो उप्लब्धी मिस नेपाल श्रृंखला खतिवडाले हात पारिसकेकी छन । नेपालले मिस वर्ल्डमा प्रतिस्पर्धा गर्दै आएको भएपनि खासै ठुलो उप्लब्धी हात लागेको थिएन । मिस वल्र्ड २०१८ का दुई वटा महत्वपुर्ण अर्वाड श्रृंखलाले जितेकी छन । जसलाई ठुलो उपलब्धीका रुपमा लिइएको छ ।
मिस वर्ल्ड जित्नका लागि महत्वपुर्ण मानिने “ब्यूटी विथ पर्पज अवार्ड र मल्टिमिडिया अवार्ड” श्रृंखलाले जितिसकेका कारण मिस वल्र्ड २०१८ को ताज पहिरने उनको बलियो सम्भावना देखिन्छ । यि अर्वाड जितेर श्रृंखलाले मिस वर्ल्डमा नेपालको इतिहास नै रचेकी छन ।
हेटौडाकी २३ बर्षिय सुन्दरी श्रृंखलालाई मिस वल्र्डका लागि एशियाकै बलियो दावेदारका रुपमा पनि हेरिएको छ । तर, फाइनलमा विभिन्न चरणहरु पार गर्नुपर्ने भएकाले मिस वर्ल्डको ताज श्रृंखलाले नै पहिरने दाबी भने गर्न गाह्रो छ ।
श्रृंखलाको सुन्दरता, उनको अहिलेसम्मको प्रस्तुती हेरेर विभिन्न सामाजिक संजाल, मिस वल्र्डको समिक्षा गर्ने विभिन्न संघसस्थाहरु, कम्पनी लगायत यसका बिज्ञहरुले समेत यसबर्षको मिसवल्र्ड नेपालकी श्रृंखला नै प्रमुख दावेदार रहेको औल्याएका छन ।
यद्यपी श्रृंखलाको भाग्यको फैसला भने आज साँझ ग्राण्ड फिनालेमा उनको बांकी प्रस्तुती र दर्शकको भोटिङमा नै निर्भर हुनेछ ।
यसअघि २०१२ मा भएको मिस वल्र्डमा नेपालकी सृष्टी श्रेष्ठ २०औं स्थानमा रहि प्रतियोगिको क्वाटरफाइनलमा पुगेकी थिइन । त्यस्तै २०१३ मा नेपालकी इशानी श्रेष्ठ टप टेनमा पुेकी थिइन ।
ग्राण्ड फिनालेमा श्रृखंलालाई आमाबुवासहित आफन्तको हौसला
छोरीको हौसलाका लागि श्रृंखलाका बुवा विरोध खतिवडा (सांसद) आमा मुनु सिग्देल (सांसद) गरि ३१ जनाको टोली बिहीबार नै चीनको सान्या पुगिसकेको छ ।
टोलीमा परिवारका अन्य सदस्य, हेटौंडा उप महानगरपालिकाका उपमेयर मिना लामा, मदनकुमार दाहाल, अनिल पाण्डे, नबिन केसीलगायतका छन् । उनिहरु श्रृखंललाई प्रत्यक्ष साथ र हौसला दिन चीन पुगेका हुन ।
मिस वल्र्डको अन्य प्रतिस्पर्धामा नेपाल मै रहेर छोरीका लागि साथ सहयोग गरेको भएपनि फाइनलमा प्रत्यक्ष सहभागि भएर छोरीलाई हौसला दिन आफुहरु त्यसतर्फ गएको श्रृंखलाका आमाबुवाले बताइसकेका छन ।
मिस वर्ल्डको ग्राण्ड फिनाले मिस वल्र्डको आधाकारिक युट्युब च्यानलमार्फत समेत प्रत्यक्ष हेर्न सकिने छ । मिस वल्र्ड जिताउनका लागि श्रृंखलालाई अझै नेपाली समय अनुसार दिउँसो चार बजेसम्म भोट गर्न सकिनेछ ।
मिस वर्ल्डको फाइनल यहाँ लाईभ हेर्न सकिन्छ