
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
११ बुँदे ज्ञापन पत्र बुझाउँदै लोसपाका शिर्ष नेताहरु आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
लोसपाका अध्यक्ष महन्त ठाकुर, नेता राजेन्द्र महतो लगायत नेताले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै जेल सजाय भोगिरहेका चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहा गर्न माग गरेको छन् ।
रेशम चौधरीलाई अदालतले कैलालीको टिकापुर घटनामा दोषी भन्दै जन्मकैदको सजाय सुनाएको थियो । तर, हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा उनले खोलेको नागरीक उन्मुक्ति पार्टी कैलालीमा चुनाव जित्दै पहिलो दल भएको छ । सरकारले दोषी देखेर जेलमा राखे पनि टिकापुरवासीले रेशमलाई आफ्नो राजनीतिक अभिभावकका रुपमा अनुमोदन गरेका छन् । टिकापुरवासीले रेशम निर्दोष भएको भन्दै रिहाईका लागि पटक पटक आन्दोलन गर्दै आएका छन् ।
भिडियो हेर्नुहोस
ज्ञापनपत्र पढ्नुहोस













