एनपीएल च्याम्पियन लुम्बिनीले पायो १ करोड बढि पुरस्कार, रोहितलाई कार, सन्दीपलाई बाइक


काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा यस पटक पनि सुदूरपश्चिम हार्यो । टियू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनी लायन्सले ९ ओभरमै ४ विकेट गुमाएर विजयी भयो ।

साविक उपविजेता सुदूरपश्चिम रोएल्सले जितका लागि लुम्बिनीलाई ८६ रनको सामान्य लक्ष्य दिएको थियो ।

लुम्बिनीका कप्तान रोहित पौडेल, शेर मल्ल र रुबेन ट्रमपलम्यान बलिङमा चम्किएपछि लुम्बिनीले सुदूरपश्चिमलाई ८५ रनमा अलआउट गरेको थियो ।

विजेताले कति पाए पुरस्कार ?
विजेता बनेको लुम्बिनीले एक करोड दश लाख पुरस्कार पाएको छ भने उपविजेता सुदूरपश्चिमले ५१ लाख पुरस्कार पाएको छ । त्यस्तै लुम्बिनीका कप्तान रोहित पौडेलले प्रतियानेगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी र ब्याटर घोषित हुँदै आमोडा कार र पल्सर बाइक पुरस्कार पाएका छन् ।

त्यसैगरी लुम्बिनीकै शेर मल्लले उत्कृष्ट उदयमान खेलाडी घोषित हुँदै पल्सर बाइक, लुम्बिनीकै अर्का खेलाडी रुवेन ट्रम्पलम्यानले सर्वोत्कृष्ट खेलाडीवाफत पाँच लाख पुरस्कार पाए । त्यस्तै प्रतियोगितामा विराटनगर किग्सका कप्तान सन्दीप लामिछाने उत्कृष्ट बलर घोषित हुँदै पल्सर बाइक पुरस्कार पाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार