अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठकाअनुसार संक्रमण हुनेमा कञ्चनपुर बेलौरी का ८ वर्षीया बालिका र २१ वर्षीया महिला गरी २, ४६,३१, ३५ वर्षका ३ पुरुष रहेका छन् । त्यसैगरी, कञ्चनपुर बेल्डाडीका २३, २१, २२, २६, २६, ३९, २७, २८ वर्षीय पुरुष र ८ वर्षका बालक रहेका छन । त्यसैगरी कञ्चनपुर शुक्लाफाटा का १४, ३२, २१ वर्षका ३ महिला र ३८, ३४, २४, ३५, २१, २४, २१, २३, ३२, २२ वर्षका १० पुरुष रहेका छन् ।
त्यसैगरी डडेल्धुरामा गरीएको परीक्षणमा पछिल्लो २४ घण्टामा ९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार डोटीमा ७ र डडेल्धुरामा २ जनामा कोरोना पुष्टि भएसंगै सुदूरपश्चिम प्रदेशमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ ।
योसंगै सुदूरपश्चिममा अहिलेसम्म संक्रमितको संख्या ४ हजार १ ७७ पुगेको छ ।