काठमाडौं । छुरा प्रहार गरि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयां स्थित सुकुम्वासी टोलमा दुई समूहबीच झगडा हुँदा छुरा प्रहरगरि हत्या संलंग्नमा प्रहरीले तार्केश्वर नगरपालिका काठमाडौंका महेश परियार र मकवानपुरका मनिष बानियाँलाई प्रक्राउ गरिएको अपराध महाशाखा टेकुले जनाएको छ ।
घटना लगत्तै हत्याराहरुको खोजि गर्ने क्रममा महाशाखाका प्रहरी नायब उपरिक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई काठमाडौंको साङ्लाबाट पक्राउ गरेको थियो।
सुकुम्बासी टोलमा दुई समुहबीच झगडा हुँदा छुरा प्रहारबाट बिक्की लिम्बुको मृत्यु भएको थियो । छुरा प्रहारबाट शक्त घाईते श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो । छुरा प्रहारबाट अनिल श्रेष्ठ गम्भिर घाईते छन उनको उपचार भइरहेको छ ।