अन्ततः सरकारले कुलमानलाई हटायो, हितेन्द्र देव शाक्यलाई नियुक्त


काठमाडौं । अन्तत सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको छ ।
आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले निर्देशक घिसिङलाई पदबाट हटाएको हो ।

सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोधेको थियो । कुलमानलाई हटाउन ऊर्जामन्त्री दीपक खड्काले पटक पटक स्पष्टीकरण सोधेका थिए । कुलमानको चार वर्षीय कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो तर सरकारले उनलाई आजै हटाएको छ ।

मन्त्री खड्काले सोधेको स्पष्टीकरण गत पुस २८ गते कुलमानले बुझाएका थिए तर उक्त स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै मन्त्री खड्काले पुनः फागुन १३ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भन्दै दुईबुँदे स्पष्टीकरण सोधेका थिए । जसको जवाफमा कुलमानले आफुलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्ने अधिकार मन्त्रालयलाई नभएको जवाफ दिएका थिए ।

डेडिकेटेड र ट्रंक लाइनको अरबौं बक्यौता उठाउने बिषयमा सरकार र कुलमानबीच विवाद थियो । महसुल नतिर्ने ब्यापारीको बिधुत लाइन काटेपछि सरकार कुलमानसंग चिडिएको थियो । अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएको कुलमानलाई पटक पटक हटाउन खोज्दा जनस्तरबाट तिर्व विराधे हुँदै आउको थियो । कुलमानको कार्यकाल नसकिदै हटाउको भन्दै सरकारको आलोचना भइरहेको छ ।

यसैबीच, आजको बसेको मन्त्रीपरिषद् बैठकले कुलमानलाई हटाएसंगै प्राधिकरणको निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार