
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनुपर्ने माग गरेका छन् । उनले शुक्रबार बिहान ट्वीट गर्दै देश गम्भिर संकटमा जान लागेको भन्दै अपराधको संरक्षण गर्ने प्रधानन्यायाधीसलाई महाभियोग लगाउन माग गरेका हुन् ।
आफ्नै श्रीमतीको हत्या गर्ने पूर्वडीआईजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले जेल सजायँ कटौती गरेर रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउनु पर्ने बताएका छन् ।
उनले देश गम्भीर संकटतिर जान लागेको भन्दै आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गरेका छन् ।
उनले भनेका छन्, “देश गम्भीर संकटतिर जाँदैछ। लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं १. संसद अधिवेशन बोलाऊँ, २. प्रधानमन्त्रीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं, ३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ, ४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं, ५. प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ ! ”
देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!
— Baburam Bhattarai (@brb1954) July 24, 2020










