श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ मै सिमीत, आगामी योजनाबारे यस्तो भनिन

काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्ड २०१८ को टप १२ मा पर्न सफल भएकी छन । चीनको सान्यामा जारि ग्राण्ड फिनालेमा खतिवडा टप १२ मा पर्न सफल भएकी हुन ।
एसियाबाट श्रृखंलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी टप १२ मै परेकी छन् ।

आफुलाई मिस वल्डको टप १२ सम्म पुर्याउन साथ, सहयोग गर्ने सम्पुर्ण शुभचिन्तकहरुलाई श्रृंखलाले धन्यवाद दिएकी छन् । साथै, आफ्नो आगामी काममा यसरि नै साथ सहयोग मिल्ने अपेक्षा पनि गरेकी छन ।

मिस वर्ल्डबाट फर्किएपछि सगरमाथामा स्काइ डाइभ गर्ने योजना रहेको समेत उनले सार्बजनिक गरेकी छन ।

मिस वर्ल्डको ताज पहिरन नपाए पनि श्रृंखलाले “ब्यूटी विथ पर्पज अवार्ड र मल्टिमिडिया अवार्ड” भने फाइनल अघि नै जितिसकेकी थिइन । मिस वर्ल्डमा यि अर्वाडहरु पनि महत्वपुर्ण मानिने भएकाले उनको करियरमा यसले सहयोग पक्कै पुर्याउने छ ।

मिस वर्ल्ड २०१८ मा १२१ देशका सुन्दरीले सहभागिता जनाएका थिए । जसमध्ये जम्मा ३० वटा देश फाइनलमा पुगेका छन । मिस वर्ल्डको ग्राण्ड फेनाले जारि नै छ । केहि समयपछि मिस वर्ल्ड २०१८ को घोषणा गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार